NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राजासहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गर्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रप्रमुखमा राजासहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाको लागु गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउन लागेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूले देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी २० बुँदे ज्ञापनपत्र बुझाउन लागेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

ज्ञापनपत्रमा पूर्ण राष्ट्रप्रमुख राजा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न संविधान संशोधन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै राप्रपाले संघीयता र धर्म निरपेक्ष खारेज गर्नुपर्ने, एसएसपी सम्झौता गर्न नहुने लगायतको विषयमा प्रधानमन्त्रीको ध्यानकर्षण गर्न लागिएको हो । राप्रपाका शीर्ष नेताहरू अहिले ४ बजे प्रधानमन्त्रीलाई भेट्न बालुवाटर जना लागेका हुन् ।