अनौठा जागिर : कुकुरको खाना चाख्नेदेखि भिडमा मान्छे धकेल्नेसम्म
काठमाडौं । सामान्य कोही व्यक्ति के काम गर्छ भन्ने प्रश्नमा सधै एउटै उत्तर आउने गर्छ डाक्टर, इन्जिनियर, अफिसर अथवा बैंकर । यी सबैले सुनेका कामबाहेक पनि संसारका केही ठाउँमा अनौठा र आश्र्चयजनक काम छन् । जुन सामान्य मानिसको कल्पनाभन्दा बाहिरका छन् ।
कुकुरको खाना चाख्ने
यो काम फुड टेस्टरको हो । बेलायतको भिगन पेट कम्पनीले कुकुरको खाना ५ दिन खाने र उक्त खानाको प्रतिक्रिया दिने कामका लागि ५ लाख रुपैयाँ चेक दिने गर्छ । कम्पनीका अनुसार खाना खाने व्यक्तिको खानाको स्वाद, उर्जा शक्ति, मूड र पाचन प्रणालीमा पर्ने असरबारे रिर्पोट दिनु पर्छ । कम्पनीले कुकुरलाई मानिसले पनि खान मिल्ने र पचाउन सक्ने खानेकुरा दिने गरेको दाबी गर्दै आएको छ ।
भिडमा धकेल्ने
जापानमा कार्यालय जाने समयमा मेट्रोमा धेरै भिड हुन्छ । त्यति बेला त्यहाँ केही व्यक्तिले मानिसहरु धकेल्ने काम गर्न पाउँछन् । किनकी त्यससमयमा मानिसहरुलाई समयमै कार्यालयमा पुग्नुपर्ने हुन्छ । यसकारण उनीहरुले बाटोमा भिड हुँदा अन्य व्यक्तिलाई धकेल्ने जागिर दिएका हुन्छन् । यस्तो काम गर्नेलाई तलब पनि दिइन्छ ।
भाडामा प्रेमीप्रेमिका
टोक्योमा प्रेमी प्रेमिका नहुने व्यक्तिलाई भाडामा लिन पाइने विकल्प छ । जो व्यक्तिसँग प्रेमी प्रेमिका छैनन् उनीहरुले इच्छा लागेका प्रेमी प्रेमीका भाडामा लिन पाउँछन् । यसका लागि उनीहरुले भाडामा ल्याएका युवा युवतीलाई पैसा दिनुपर्छ ।
उभिने काम
कतारमा उभिने काम पाइन्छ । समयको बचत र लाइनमा उभिएर टिकट काट्नका लागि कतारमा काम दिने गरिन्छ । जसका लागि उसलाई उभिएको समयसम्मको पैसा दिने गरिन्छ ।
सुत्ने काम
वैज्ञानिक आफ्नो अनुसन्धानका लागि व्यवसायिक सुत्ने काम गर्ने व्यक्तिका लागि पैसा दिने गर्छन । व्यवसायिक व्यक्तिले मात्र आरामसँग सुतेर वैज्ञानिक निन्द्रासँग सम्बन्धित रोगको खोज गर्ने गर्छन् । सुत्नका लागि विभिन्न अनुसन्धानकर्ताले तलब दिएरै मानिसहरु राखेका हुन्छन् ।
विवाहमा पाहुना बन्ने
जापानमा केही व्यक्ति पार्ट टाइम काम गर्छन् । जसमा उनीहरुलाई विवाहमा पाहुना हुन पठाइन्छ । विवाहमा पाहुना बन्न गएबापत उनीहरुलाई पैसा पनि दिइन्छ ।
करेन्ट लगाउने
मेक्सिकोमा केही व्यक्ति अर्को व्यक्तिलाई करेन्ट दिने काम गर्छन् । मेक्सिकोका पब तथा बारमा व्यक्ति बढी मात्रामा मातिने गर्छन्, त्यस्तो व्यक्तिलाई होसमा ल्याउनका लागि करेन्ट दिने व्यक्तिलाई बोलाइन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया