वामपन्थीलाई प्रयोग गरी नेपालमा कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने खेल भइरहेको छ : घनश्याम भुसाल
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा अझै पनि वाम एकताको सम्भावना रहेको बताएका छन् ।
बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा स्वतन्त्र वाम समूहले आयोजना गरेको ‘कम्युनिष्ट आन्दोलनः संकट र अबको बाटो’ अन्तक्र्रिया कार्यक्रममा भुसालले जनमतको हिसाबले नेपालमा कम्युनिष्ट पार्टी नै लोकप्रिय रहेको दावी गरे ।
‘स्थानीय तहको निर्वाचनमा कांग्रेसको भन्दा वाम जनमत बढी छ । वाम शक्तिले जितेको सिट संख्या जोड्दा कांग्रेसभन्दा वामपन्थी अत्याधिक बहुमत छ’, भुसालले भने, ‘तत्कालिन नेकपा मिलेर निर्वाचनमा गएको भए ५७५ स्थान जित्ने थियो । तपाईं कम्युनिष्ट पार्टीको सदस्यको हिसाबले कल्पना गर्दा स्थानीय तहमा पाएको जनमतले आगामी निर्वाचनमा कसरी प्रतिक्षा गरिरहेको हुन्थ्यो ?’
कार्यक्रममा वामपन्थी दल विभाजन भएकै कारण आगामी निर्वाचनमा के होला भन्ने चिन्ता थपिएको बताए । उनले खप्पा विद्रोहको मञ्चन गर्नेहरूले नै अहिले शासन गरिहेको आरोप लगाए ।
‘माछाको तेलमा माछा फ्राइ भएजस्तो छ, नेपालको वामपन्थी आन्द्रोलन । कम्युनिष्टको तेलमा कम्युनिष्टलाई नै प्रयोग गरेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेल भइरहेको छ’, भुसालले भने ।
भुसालले वामपन्थीहरूले तँ भन्दा म ठूलो हो भन्ने मानसिकता त्यागेर वृहत्त वाम एकता गर्नुपर्ने धारणा राखे ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया