ब्युँतियो ‘रअ बार्ज’को र्याप ब्याटल

काठमाडौं । नेपाली हिपअप संगीत प्रवद्र्धनका लागि स्थापित ‘रअबार्ज’ले र्याप ब्याटललाई पुनर्जीवित गराउँदै व्यावसायिक रूप दिन देशका मुख्य सहरमा र्याप ब्याटलका लागि अडिसन सम्पन्न गरेको छ ।
संस्थापक कोलिन राणासहितको टिमले रअ बार्जलाई पुनः सक्रिय बनाई अगाडि बढाएका हुन् ।
राणाले सन् २०१० मा सेन्ट जेभियर्समा पढ्दा एक्सक्लुसिभ इन्टरटेनमेन्ट नामको कम्पनी स्थापना गरेका थिए ।
नयाँ पत्रिकाका अनुसार उनले यो कम्पनीमार्फत हिपहप ब्यान्डको व्यावासायिक सुरुवात गरेका थिए । उनको २०११ मा यम बुद्धसँग भेट भएपछि थप प्रवद्र्धन गर्ने अठोट लिएका थिए ।
पछिल्लो समय रअ बार्जले ब्याटलका लागि आवेदन आह्वान गर्दा डिजिटल अडिसनमा मात्रै तीन हजारभन्दा बढीको सहभागिता थियो ।
फिजिकल अडिसनमा पनि ¥यापरहरूको उल्लेख्य सहभागिता रहेको रअ बार्जका चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए । रायमाझी पनि संगीत उद्यमी हुन् ।
हाल रायमाझी नेतृत्वको रअ बार्जले काँचुली फेरेको छ ।
प्रतिक्रिया