काभ्रेको जिसस प्रमुखमा समाजवादीका गौतम विजयी
काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी भएका हुन् ।
धुलिखेलमा सम्पन्न निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन् । यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र) का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी भएका छन् ।
विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन् ।
काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख÷अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो । कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया