पुलबाट टिपर खस्दा एकको मृत्यु

दमौली । बिहीबार बिहान पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी-४ स्थित पावर हाउसनजिकको रुवाखेला पुलबाट टिपर तल खस्दा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परि म्यादेका ४७ बर्षीय रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गम्भिर घाईते भएका दमैको उपचारका क्रममा मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।
मुग्लिनबाट आबुँखैरेनी आउँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया