अमेजन जंगलमा विज्ञ र बेलायती पत्रकारकाे गोली हानी हत्या
काठमाडौं । वृत्तचित बनाउने क्रममा अमेजन जंगलबाट हराएका बेलायती पत्रकार डोम फिलिप्स र ब्राजिलका आदिवासी विज्ञ ब्रुनो पेरेइरालाई गोली हानेर मारेको एक सन्दिग्धले स्वीकारेको ब्राजिलको प्रहरीले जनाएको छ ।
अनुसन्धान अधिकारी एडुआर्डो फोन्टेसका अनुसार अमारिल्डो नाम गरेका व्यक्तिले फिलिप्स र बु्रनोलाई गाडेको स्थान अनुसन्धानकर्ताहरूलाई देखाएका थिए ।
त्यो ठाउँ खनेर मानव अवशेष निकालिएको छ ।
शवको पहिचान गर्न ब्राजिल प्रहरीले इन्टरपोलसँग मिलेर काम गर्ने उनले बताए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जना दाजुभाइलाई पक्राउ गरेकोमध्ये एकले घटनासम्बन्धी जानकारी दिएको र अर्कोले आफ्नो संलग्नता अस्वीकार गरेको बताएका छन् । दुवै जनाको हत्या भएको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जुन ५ देखि ५७ वर्षीय फिलिप्स र ४१ वर्षीय ब्रुनाे अमेजन जंगलको दुर्गभ क्षेत्रबाट हराइरहेका थिए ।
एक दशकभन्दा बढी समयदेखि ब्राजिलमा बस्दै आएका बेलायती नागरिक फिलिप्सले द गार्डियन पत्रिकामा काम गरेका थिए । पछिल्लो समय उनी अमेजन क्षेत्रबारे एउटा किताब लेख्ने काममा जुटेका थिए ।
ब्राजिलको आदिवासी मामिलासम्बन्धी निकाय फुनाइमा कार्यरत पेरेइरा बिदामा थिए । उनी बाँकी संसारको सम्पर्कबाहिर बस्ने आदिवासीबारे विज्ञ थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया