NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

हरिरिका हत्याराहरूलाई जन्मकैदको सजाय

काठमाडौं (एजेन्सी) । संयुक्त राष्टसंघबाट मान्यता प्राप्त एक अदालतले सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री राफिक हरिरीको मृत्यु भएको विशाल बेरूत बम विस्फोटमा सम्लग्नता रहेको भन्दै दुई जना हिजबुल्लाह सदस्यलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ ।

हबिब मेरी र हुसेन ओनिसीलाई उनीहरूको अनुपस्थितिमा नै उक्त सजायको घोषणा गरिएको हो ।

२१ जनाको ज्यान गएको र २२६ जना घाइते भएको उक्त घटनाबारे डचस्थित स्पेशल ट्रिबुनल फर लेबनान (एसटिएल) ले आक्रमणमा मेरी र ओनिसीलाई दोषी ठहर गरेको हो ।

सिया लडाकू मिलिशिया हिजबुल्लाहको गोप्य नेटवर्कबाट ‘वास्तविक अपराधीहरूलाई’ जोगाउन एक काल्पनिक समूहले यस आक्रमणका लागि जिम्मेवार भएको दाबी गरेको भिडियो वितरण गरेको पत्ता लागेपछि अनुसन्धान सुरू भएको थियोे ।

तर सन् २०२० मा आजीवन कारावासको सजाय पाएका तेस्रो व्यक्ति सलीम अयशलाई आत्मसमर्पण गराउन अस्वीकार गरेको हिजबुल्लाले यो जोडीलाई पनि अदालती प्रक्रियामा सामेल हुनबाट रोक लगाउँदै आएको बताइएको छ ।