अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदर वृद्धि
काठमाडौं (एजेन्सी) । अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो ।
फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो ।
गत मार्चमा पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महंगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अनुमानहरू अर्थविद्हरूले गरेका छन् ।
यो वर्षको अन्त्यसम्ममा बैंकहरूले फेडरल रिजर्भ बैंकबाट सापटी लिंदा तीन दशमलव चार प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने बताइएको छ । यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया