पर्यटनमन्त्री आलेद्वारा एनएसीका अध्यक्षमाथि हातपात
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलायन्स (एनएसी) का अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन् ।
फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेको तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न अह्राएका थिए । अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए । केहीलाई लगाउने प्रक्रियामा थिए ।
मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका थिए । स्रोत भन्छ– अधिकारीले तलबाट दरबन्दी बनाउन टिप्पणी आउन बाँकी रहेको कारण देखाएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया