भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका-६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ ।
रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
घटनालगत्तै पानीट्याङ्कीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो । मृतकको शव सोही चौकीमा राखिएको छ । परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।
पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौंको सङ्ख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्याङ्की, नक्सलबाडी, गलगलिया र सिलीगुडी ओहोरदोहोर गर्छन् ।
पानीट्याङ्कीस्थित भारतीय रेल्वेको लिकमा दुर्घटना हुँदा बर्सेनि नेपालीको ज्यान जाने गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया