विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आज बाँडफाँट हुने

काठमाडाैं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आज शुक्रबार (असार ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट गरिने कार्यक्रम तय भएको हो ।
कम्पनीको आइपिओमा मागभन्दा १६.०९७ गुणा बढी आवेदन परेको छ । यसर्थ सेयर पर्न भाग्यमै भर पर्नुपर्ने छ । आइपिओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख ३६ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २०१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १८ लाख ४८ हजार ७०१ जनाले २ करोड १९ लाख ७२ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् ।
कुल २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बरारको आवेदन परेको छ । विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो । कुल १५ लाख कित्तामध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया