विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आज बाँडफाँट हुने
काठमाडाैं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आज शुक्रबार (असार ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट गरिने कार्यक्रम तय भएको हो ।
कम्पनीको आइपिओमा मागभन्दा १६.०९७ गुणा बढी आवेदन परेको छ । यसर्थ सेयर पर्न भाग्यमै भर पर्नुपर्ने छ । आइपिओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख ३६ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २०१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १८ लाख ४८ हजार ७०१ जनाले २ करोड १९ लाख ७२ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् ।
कुल २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बरारको आवेदन परेको छ । विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो । कुल १५ लाख कित्तामध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया