आजदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

काठमाडाैं । जेठ ३ गते (आज)देखि पहिलोपटक शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यसभन्दा अघि सरकारले साताको दुइ दिन बिदा दिने निति ल्याएसँगै शनिबार र आइतबार सार्वजनिक बन्द गर्दै आएको थियो । नीति खारेज भएपछि अब नेप्सेले शनिबार बन्द गरेर शुक्रबार कारोबार खुलाएको हो ।
शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा मात्रै कारोबार हुने नेप्सेले जानकारी गराएको छ । आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया