कैलालीमा मोटरसाइकल चालकको मृत्यु
गोदावरी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गए राति गोदावरी नगरपालिका-६ लालपुरमा सुपप्र ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया