मन्त्री आलेले एयरलाइन्सका कार्यकारी अध्यक्षलाई किन गरे अश्लील गाली ?
काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि अश्लिल गाली गलौज र हातपात गरेका छन् ।
अन्नपूर्ण दैनिकले सार्वजनिक गरेको अडियोमा मन्त्री आलेले अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर तथानाम बोलेका छन् । उनले कार्यकारी अध्यक्षको मोबाइल खोस्दै हातपात पनि गरेको अडियोमा सुन्न सकिन्छ ।
अन्नपूर्ण दैनिकले सम्प्रेषण गरेको समाचार अनुसार आलेले आफूले भनेका व्यक्तिलाई निगममा जागिर नदिलाएको झोंकमा अधिकारीमाथि यस्तो हर्कत गरेका हुन् ।
मन्त्रालय स्रोतलाई उद्धत गर्दै लेखिएको समाचार अनुसार अधिकारीले आलेले सिफारिश गरेका केही व्यक्तिलाई जागिर दिलाइसकेका थिए भने केहीलाई दिलाउने क्रममा थिए । सोही विषयमा असन्तुष्ट आलेले सार्वजनिक भएको अडियोमा अधिकारीलाई भनेका छन्, ‘अब नगर्नुस् है । तपाईंले गर्नुपर्दैन ।’
त्यसपछि उनले लगातार अधिकारीमाथि अश्लिल गाली गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया