ब्रिक्सको चौधौं शिखर सम्मेलन आगामी साता चीनमा
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको १४ औं शिखर सम्मेलन आगामी साता आयोजना गर्ने भएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार श्रव्यदृश्यका माध्यमबाट आयोजना हुने उक्त सम्मेलनको मुख्य विषय ‘उच्च गुणस्तरको ब्रिक्स साझेदारी विश्वव्यापी विकासका लागि नयाँ युगको शुरूवात’ हुनेछ ।
राष्ट्रपति सीले यही असार १० गते विश्व विकाससम्बन्धी उच्चस्तरीय बैठक आयोजना गर्नेछन् ।
बैठकमा ब्रिक्स नेता,उदीयमान अर्थतन्त्र भएका मुलुक र विकासोन्मुख देशका नेताले भाग लिनेछन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जेइचीको अध्यक्षतामा ब्रिक्स राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रिय सुरक्षासम्बन्धी उच्च प्रतिनिधिहरूको सहभागितामा भएको १२ औं बैठकपछि हुन लागेको हो ।
गत बुधबार भएको उक्त बैठकमा प्रतिआतङ्वाद र साइबर सुरक्षासम्बन्धी कार्यदलको समीक्षा भएको थियो । बैठकका सहभागीले अन्तर्राष्ट्रिय आतङ्कवादको प्रतिवाद र साइबर सुरक्षा सहयोगका लागि योजना एवम् मार्गचित्र बनाउन सहमति जनाएका छन् ।
साथै उनीहरूले विश्वव्यापी समस्यालाई विश्वसनीयता, समानता र जवाफदेहिताका साथ सम्बोधन गर्न तथा बहुपक्षीय प्रणालीमा तत्काल सुधारको आवश्यकतामा जोड दिएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया