सर्लाही जिसस प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।
सदस्यमा कांग्रेसबाट हरिपुर नगरपालिका–५, का अलाउदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, कि रामशिलाकुमारी यादव, चक्रट्टा गाउँपालिका–४, कि रेखादेवी साह, लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, ईश्वरपुर नगरपालिका–१५, कि पासवतीदेवी थरुनी र गोडैता नगरपालिका–६, कि सोनावती देवी चयन भएका छन् । त्यसैगरी, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका–१५, का हेम कार्की सदस्यमा चयन भएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया