न्यून आय भएका परिवारलाई बाख्रा र बंगुर

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–१ की मुन्नी मरिक लामो समयदेखि बंगुरपालन गर्दै आएका छन् । उनीसँग उन्नत जातका बंगुर भने थिएनन् । मरिकले सोचेअनुसारको आम्दानी गर्न सकेको थिएन ।
बंगुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ । तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन । ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ । केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र स्याहारसुसारमा समय लाग्ने गरेकाले ललिता पाल्ने न पाल्ने भन्ने दोधारमा थिइन् । पछिल्लो समय भने उन्नत जातको बङ्गुरपालनबाट सोचेकोभन्दा बढी आम्दानी हुने आशले उहाँ यसमा कम्मर कसेर लागेकी छिन् ।
त्यसैगरी कोसी गाउँपालिका–५ की महावती सदाले पनि बाख्रापालन गर्दै आएकी थिइन् । कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आएकी छन् । बाख्रापालन गर्दा लाग्ने खर्च र मेहनतअनुसारको परिश्रम पाउन कठिनाइ हुँदै आएपछि उनी समस्यामा छन् ।
स्थानीय जातको बाख्रापालन गर्दा औषधि उपचार, घाँस, स्याहारसुसार गर्दा खर्च र मेहनत निकै लाग्ने गरेको भए पनि सोअनुसारको आम्दानी नहुँदा के गर्ने भने समस्याले सदा परिवारलाई पिरोलिरहेको छ । कोसी गाउँपालिका–५ की रुवि सदाको अवस्था पनि ललिताकोभन्दा कम थिएन । स्थानीय जातको बाख्राले खासै आम्दानी नदिएपछि उनीअन्य पेशाको खोजीमा थिए ।
पछिल्लो समय कोसी गाउँपालिकाले उन्नत जातको बङ्गुर र बाख्रा दिएपछि अहिले त्यस क्षेत्रका न्यून आय भएका परिवार खुसी छन् । पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कोसी गाउँपालिका–१ का २५ परिवारलाई उन्नत जातको बङ्गुर र कोसी–५ स्थित प्रभाकर टोलका २२ सदा र मरिक समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।
तालिम प्राप्तसमेत गरेका उनीहरुले उन्नत जातको बाख्रा र बङ्गुर पाएपछि आम्दानी हुने उद्देश्यका साथ लागिपरेका छन् । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजनाअनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । ‘अध्यक्ष कृषि आधुनिकीकरण योजना’बाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको उनको भनाइ छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया