आसामको करिमगञ्जमा एकहजार किलो गाँजा बरामद
करिमगञ्ज । आसाम–त्रिपुरा सिमानमा पर्ने करिमगञ्ज जिल्लाको चुराइबारीबाट प्रहरीले एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ । त्रिपुरा राज्यबाट आउँदै गरेका दुईवटा ट्रकबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।
दुईवटा ठूला ट्रकमा जाँच गर्दा एउटामा भित्री कोठा भेटिएको तथा त्यसमा खानतलासी गर्दा सातसय त्रिसट्ठी पाकेट गाँजा फेला परेको चुराइबारी प्रहरी कार्यालयका निरञ्जन दासले बताए ।
जाँचको क्रममा भागेको अर्को ट्रकलाई नियन्त्रणमा लिइएको र कारबाहीमा परेका दुवै ट्रकबाट एकहजार तीन किलो गाँजा बरामद भएको उनले जनाए । लिटन सरकार नाम गरेका चालकलाई पक्राउ गरएको जानकारी दिँदै उनले अभियुक्तविरुद्ध मुद्दा दायर गरी अनुसन्धान थालिएको बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया