आसामको करिमगञ्जमा एकहजार किलो गाँजा बरामद
करिमगञ्ज । आसाम–त्रिपुरा सिमानमा पर्ने करिमगञ्ज जिल्लाको चुराइबारीबाट प्रहरीले एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ । त्रिपुरा राज्यबाट आउँदै गरेका दुईवटा ट्रकबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।
दुईवटा ठूला ट्रकमा जाँच गर्दा एउटामा भित्री कोठा भेटिएको तथा त्यसमा खानतलासी गर्दा सातसय त्रिसट्ठी पाकेट गाँजा फेला परेको चुराइबारी प्रहरी कार्यालयका निरञ्जन दासले बताए ।
जाँचको क्रममा भागेको अर्को ट्रकलाई नियन्त्रणमा लिइएको र कारबाहीमा परेका दुवै ट्रकबाट एकहजार तीन किलो गाँजा बरामद भएको उनले जनाए । लिटन सरकार नाम गरेका चालकलाई पक्राउ गरएको जानकारी दिँदै उनले अभियुक्तविरुद्ध मुद्दा दायर गरी अनुसन्धान थालिएको बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया