प्रियंका रानी जोशी बनिन् मिस नेपाल

काठमाडौं । प्रियंका रानी जोशी सन् २०२२ को मिस नेपाल बनेकी छन् ।
मिस नेपालको दौडमा रहेका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी ताज पोल्टामा पार्न सफल भएकी हुन् ।
त्यसैगरी, मिस नेपाल अर्थको उपाधि सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेशल न्यान्सी खड्काले जितेका छन् ।
मिस नेपाल २०२२ को फिनाले शनिबार ललितपुरको गोदावरीमा भएको थियो ।
मिस नेपाल बन्न यस वर्ष चिकित्सकसहित ८०० प्रतिस्पर्धी मैदानमा थिए ।
प्रतिक्रिया