कस्तो रहला यो साताको मौसम ?
काठमाडौं । साताको सुरुआतमा प्रदेश नं. १, मधेस प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार पहाडी भू–भागमा साताको सुरुआतमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको र साताको मध्य तथा अन्त्यमा प्रदेश नं १, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ ।
तराई भू–भागमा साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भाग साताको सुरुआतमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साताको अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया