संसदीय समिति बैठक छल्दै प्रधानमन्त्री देउवा
काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, परराष्ट्र नीति कार्यान्वयन र एसपीपी सम्झौताबारे छलफल गर्न समितिले रक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री देउवालाई आइतबार बैठकमा बोलाएको थियो ।
कार्यव्यस्ताका कारण प्रधानमन्त्री आजको बैठकमा आउन नभ्याउने प्रधानमन्त्रीका सचिवालयले जानकारी दिएको समितिका सभापति पवित्रा खरेल निरौलाले बताइन् ।
एसपीपीबारे छलफल गर्न गत शुक्रबार बोलाइएको बैठकमा समेत प्रधानन्त्री देउवा अनुपस्थित रहेका थिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया