संसदीय समिति बैठक छल्दै प्रधानमन्त्री देउवा
काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, परराष्ट्र नीति कार्यान्वयन र एसपीपी सम्झौताबारे छलफल गर्न समितिले रक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री देउवालाई आइतबार बैठकमा बोलाएको थियो ।
कार्यव्यस्ताका कारण प्रधानमन्त्री आजको बैठकमा आउन नभ्याउने प्रधानमन्त्रीका सचिवालयले जानकारी दिएको समितिका सभापति पवित्रा खरेल निरौलाले बताइन् ।
एसपीपीबारे छलफल गर्न गत शुक्रबार बोलाइएको बैठकमा समेत प्रधानन्त्री देउवा अनुपस्थित रहेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया