NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

प्रधानमन्त्री बैठकमा अनुपस्थित भएको सम्बन्धमा कारण सोध्ने संसदीय समितिको निर्णय, कांग्रेसको आपत्ति

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पटक–पटक ताकेता गर्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको सम्बन्धमा स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी सम्झौता लगायत विषयमा जानकारी लिन संसदीय समितिले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवालाई आइतबार बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री देउवाले संसदीय समितिको बैठक छल्दै बालुवाटारमा सत्ता गठबन्धनको बैठक राखेका थिए ।

प्रधानमन्त्री यसअघि शुक्रबारको बैठकमा पनि अनुपस्थित भएका थिए । प्रधानमन्त्रीले नै लगातार बैठकमा अनुपस्थित भएपछि बैठकमा उपस्थिति हुन नसक्नुका कारणबारे प्रधानमन्त्रीलाई सोध्ने निर्णय गरेको हो ।

समितिको निर्णयप्रति सत्तारूढ दल कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन् । बैठका विपक्षी दलका सांसद डा. भीम रावलले संसदीय दलको बैठक ठूलो हो कि दलको बैठक ठूलो हो भनि प्रश्न गरेका थिए ।