प्रधानमन्त्री बैठकमा अनुपस्थित भएको सम्बन्धमा कारण सोध्ने संसदीय समितिको निर्णय, कांग्रेसको आपत्ति
काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पटक–पटक ताकेता गर्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको सम्बन्धमा स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी सम्झौता लगायत विषयमा जानकारी लिन संसदीय समितिले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवालाई आइतबार बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री देउवाले संसदीय समितिको बैठक छल्दै बालुवाटारमा सत्ता गठबन्धनको बैठक राखेका थिए ।
प्रधानमन्त्री यसअघि शुक्रबारको बैठकमा पनि अनुपस्थित भएका थिए । प्रधानमन्त्रीले नै लगातार बैठकमा अनुपस्थित भएपछि बैठकमा उपस्थिति हुन नसक्नुका कारणबारे प्रधानमन्त्रीलाई सोध्ने निर्णय गरेको हो ।
समितिको निर्णयप्रति सत्तारूढ दल कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन् । बैठका विपक्षी दलका सांसद डा. भीम रावलले संसदीय दलको बैठक ठूलो हो कि दलको बैठक ठूलो हो भनि प्रश्न गरेका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया