पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे-याम्पा खण्ड अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
मध्यान्ह १२ बजेतिर पहिरो खसेपछि डुम्रे-याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरो हटाएर राजमार्ग सुरु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरो खसिरहेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया