यसरी भएको थियो अखिल क्रान्तिकारीको बैठकमा दुई पक्षबीच झडप
काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा दुईपक्षबीच हात हालाहाल भएको छ ।
केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा आफूपक्षलाई वेवास्था गरेको आरोप लगाउँदै असन्तुष्ट रहेका उपाध्यक्ष पवन कार्की समूहले बैठकस्थलमा नारावाजी गरेपछि दुईपक्षबीच झडप भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भनिएको बैठक सुरू नहुँदै असन्तुष्ट पक्षले नारावाजी गरेपछि विवाद उत्पन्न भएको थियो । असन्तुष्ट पक्षले विधिविधान लागु गर भन्दै फ्याक्सन इन्चार्ज हितमान शाक्यको राजीनामा मागेका थिए । दुवै पक्षबीचको विवाद उत्कर्षमा पुग्दा झडपले उग्ररूप लिएको हो । बैठक रणभूमिमा परिणत भएपछि अध्यक्ष पञ्चा सिंहले प्रहरीको सहयोग मागेकी थिइन् । प्रहरीले हस्तक्षेप गरेपछि विवाद साम्य भएको छ ।
गत भदौको पहिलो साता काठमाडौंमा भएको क्रान्तिकारीको २१ औं सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि बन्दसत्र स्थगित भएको थियो । अध्यक्ष प्रचण्डको निर्देशनमा नेता पञ्चा सिंहलाई अध्यक्षमा नियुक्त गरिएको थियो ।
नेतृत्व चयन विवादका कारण त्यसपछि लामो समय पदाधिकारी र केन्द्रीय कमिटी विस्तार हुन सकेको थिएन । वैशाखको पहिलो साता बसेको क्रान्तिकारीको विस्तारित दोस्रो बैठकले पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो ।
अध्यक्ष प्रचण्ड र इन्चार्ज शाक्यको सहमतिमा ४१ सदस्य पदाधिकारी र १९९ केन्द्रीय कमिटी गठन भएको थियो । केन्द्रीय कमिटीको पूर्णता दिँदा आफूपक्षलाई वेवास्ता गरिएको असन्तुष्ट पक्षको गुनासो छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया