भ्रष्टाचार मुद्दामा राप्रपा नेता पाण्डेसहित २१ जनालाई सफाइ

काठमाडौं । राप्रपा नेता विक्रम पाण्डेले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रूपैयाँ भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार भएको अभियोगमा पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दायर भएकोमा उनीहरू सबैलाई आइतबार विशेष अदालते सफाइ दिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनाको निर्माण क्रममा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित पूर्व–आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेतलगायतविरुद्ध मुद्दा दायर गरेको थियो ।
गलत डिजाइन र गुणस्तरहीन सामग्री प्रयोग गरेर आयोजनामा भ्रष्टाचार गरेको ठहर अख्तियारको थियो ।
तर विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासले उनीहरू सबैलाई सफाइ दिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया