NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अवैधानिक समिति खारेज गरी राष्ट्रिय सम्मेलन गर्नुपर्छ : पवन कार्की

काठमाडौं । निलम्बनमा परेका अखिल क्रान्तिकारीका नेता पवन कार्कीले क्रान्तिकारी संगठनको पुनर्गठन र विद्यार्थी आन्दोलनलाई पुनर्जीवन प्रदान गर्नका लागि अवैध समितिहरू खारेज गर्नुपर्ने बताएका छन् ।

आइतबार बसेको क्रान्तिकारीको तेस्रो विस्तारित केन्द्रीय समिति बैठकले कार्कीसहित ९ जनालाई कारवाहीमा परेपछि उनले विशेष राष्ट्रिय महाधिवेशनमा जानु नै आजको अनिवार्य आवश्यकता भएको बताएका हुन् । केन्द्रीय समिति बैठक सुरू हुनुअघि नै कार्की समूहले बैठकमा होहल्ला र नारावाजी गरेपछि दुईपक्षबीच हात हालाहाल भएको थियो ।

समानान्तर गतिविधि गरेको, बैठकमा युवाहरूलाई प्रयोग गरी हुलहिज्जत गरेको, अराजकता सिर्जना गरेको लगायत आरोप लगाउँदै उनी कारवाहीमा परेका थिए । केन्द्रीय समिति विस्तारमा आफ्नो समूहलाई वेवास्था गरेको भन्दै कार्की समूहले नेतृत्वप्रति आक्रोश र असन्तुष्टि जनाउँदै आएका थिए ।

कारवाही पर्नेहरूमा बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, संजिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी रहेका छन् ।