पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग एमालेको माग
काठमाडौं । सरकारले पेट्रोलिय पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन प्रमुख प्रतिपक्षी दल एमालेले सरकारसँग माग गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै एमाले सचिवसमेत रहेकी सांसद पद्यमा अर्यालले तत्काल फिर्ता लिन आग्रह गरेकी हुन् ।
‘नबोलुँ जनता समस्यामा पर्ने, बोलौं सरकार निरिह देखिने’, अर्यालले भने, ‘आज मात्र सरकारले पेट्रोलियम पदार्थमा भारीमात्रामा गरेको मूल्यवृद्धिले जनताको ढाड भाँचिएको छ । सरकारले तत्काल मूल्यवृद्धि फिर्ता लिनुपर्छ ।’
गएरातिबाट लागू हुने सरकारले पेट्रोलमा २१ र डिजेलमा २७ रुपयाँ वृद्धि गरेको थियो । पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागलेसमेत ७.७ प्रतिशतसम्म सार्वजनिक भाडा वृद्धि गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया