पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग एमालेको माग
काठमाडौं । सरकारले पेट्रोलिय पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन प्रमुख प्रतिपक्षी दल एमालेले सरकारसँग माग गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै एमाले सचिवसमेत रहेकी सांसद पद्यमा अर्यालले तत्काल फिर्ता लिन आग्रह गरेकी हुन् ।
‘नबोलुँ जनता समस्यामा पर्ने, बोलौं सरकार निरिह देखिने’, अर्यालले भने, ‘आज मात्र सरकारले पेट्रोलियम पदार्थमा भारीमात्रामा गरेको मूल्यवृद्धिले जनताको ढाड भाँचिएको छ । सरकारले तत्काल मूल्यवृद्धि फिर्ता लिनुपर्छ ।’
गएरातिबाट लागू हुने सरकारले पेट्रोलमा २१ र डिजेलमा २७ रुपयाँ वृद्धि गरेको थियो । पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागलेसमेत ७.७ प्रतिशतसम्म सार्वजनिक भाडा वृद्धि गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया