काठमाडौंमा दिदिबहिनीलाई हैजा पुष्टि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको बागबजारमा बस्ने एकै घरका दुई दिदिबहिनीलाई हैजा भएको पुष्टि गरेको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा असार ३ गते भर्ना भएका दुई दिदिबहिनीलाई झाडापखालाको लक्षण देखिएको थियो ।
उक्त दिदिबहिनीको संकलित नमुना परीक्षण गर्दा हैजाको जिवाणु पत्ता लागेको मन्त्रालयले जानकारी गराएको छ । अहिले उनीहरुको शुक्रराज ट्रपिकलमा उपचार भइरहेको छ ।
मन्त्रालयले विज्ञप्तिमार्फत सबै उपत्यकावालाई सर्तक रहन तथा हैजासम्बन्धि लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया