‘प्रदुषणले मानिसकाे लिंग खुम्चिँदैछ’

काठमाडौं । विगत केही वर्षयता बढ्दो प्रदूषणका कारण मानव लिंगको आकार घट्दै गएकाे एक वातावरणविद्ले चेतावनी दिएकी छिन् । वातावरणविद् डा. स्वाना स्वानले बढ्दो प्रदुषणका कारण साना लिंगका बच्चा जन्मिँदै गएको चेतावनी दिएकी छन् ।
उनले ‘काउन्ट डाउन’ पुस्तक प्रकाशित गरेकी छिन्, यसमा प्रदुषणले मानव लिंग संकुचन हुँदै गएको, औद्योगिक रसायन र लिंगको लम्बाइबीचको सम्बन्धबारे पुस्तकमा उल्लेख गरेकी छिन् ।
पुस्तकमा उनले आधुनिक संसारले मानिसको प्रजनन विकासलाई परिवर्तन गरिरहेकाले मानिसको भविष्य नै खतरामा परेको जनाएकी छिन् ।
डा. स्वाना स्वान
स्वानले प्रदुषणले लिंगकाे इरेक्टाइल डिसफंक्शन (उत्तेजित हुने प्रक्रिया), पछि जन्मिरहेका बच्चाकाे लिंग सानाे हुनु र प्रजनन क्षमतामा ह्रास आउनाले पुस्तकमा लेखेकी छिन् । यस्ताे प्लास्टिक बनाउन प्रयोग हुने थालेट्सका कारणले हुने बताइएको छ ।
यो प्लास्टिक उत्पादनमा प्रयोग हुने रसायन हो । यसले प्लास्टिकलाई लचिलो बनाउँछ। थालेट्सले मानिसमा हार्मोन उत्पादन गर्ने इन्डोक्राइन प्रणालीलाई असर गर्छ । जसका कारण प्रजनन क्षमतामा ह्रास आउँछ ।
उनले आफ्नो अनुसन्धानका क्रममा थालेट्स सिन्ड्रोम बारे अध्ययन गरेकी थिइन् । स्वानका अनुसार भ्रुणहरू थालेट्सको सम्पर्कमा आउँदा बालकहरुको लिंग सानो हुने सम्भावना हुन्छ । स्वानले थालेट्स खेलौना र खानाबाट प्रसारित हुने र यसले हर्मोनको प्राकृतिक उत्पादनमा बाधा पुर्याउने भएकाले मानव विकासलाई हानि पुग्ने बताउँछिन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया