बलात्कार आरोपमा पक्राउ परेका पाण्डे पुर्पक्षका लागि कारागार चलान
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको कसुरमा अनुसन्धानमा रहेका मनोज पाण्डेलाई साेमबार जिल्ला अदालत काठमाडाैंले पुर्पक्षका लागि कारागार चलान गरेकाे छ ।
अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
बलात्कार आरोप लागेका लागेका पाण्डेविरूद्ध हदम्याद सकिएकाले मानव बेचविखनको मुद्दा दर्ता गरिएको हो ।
मिस ग्लोबल प्रतियोगिताका क्रममा सात वर्ष अघि एक नाबालिगलाई नशालु पदार्थ खुवाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डे पक्राउ परेपछि अर्की किशोरी पनि प्रहरीसमक्ष पुगेकी थिइन् ।
सौन्दर्य प्रतियोगिताको क्रममा बलात्कार भएको भन्दै टिकटकबाट घटना सार्वजनिक गरेकी युवतीको जाहेरी मानव बेचविखन तथा ओसारपसार र अर्की पीडित किशोरीको जाहेरी बालबालिकाविरूद्धको कसुरअन्तर्गत दर्ता गरिएको थियो ।
पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसुरमा मुद्दा दर्ता
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया