एसपिपी अस्वीकार गरेको पत्र अमेरिकालाई लेख्ने सरकारको निर्णय

काठमाडौं । विवादित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने जानकारी गराउँदै नेपाल सरकारले पत्र लेख्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले एसपिपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
एसपिपीमा सहभागी गराउन भन्दै सन् २०१५ तिर तत्कालीन नेपाली सेनाले अमेरिकालाई पत्र लेखेर थियो । सो विषय सरकारले लागू गर्ने तयारी गरेपछि नेपालमा चर्को विवादमा परेको थियो ।
सेनाको अनुरोध सन् २०१९ मा स्वीकार गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।
तर उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि सरकार पछि हटेको हो ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया