फिलिपिन्समा कोरोना संक्रमितको संख्या उच्च
काठमाडौं (एजेन्सी) । फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ ।
केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् ।
“अहिलेको तथ्याङ्कका हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,” स्वास्थ्य मन्त्रालयका उप सचिव मारिया रोसारियो भेर्गेइरले भने ।
उनले अहिलेको तीब्र वृद्धिको अवस्था हेर्दा सङ्क्रमितहरूको सङ्ख्या अझै धेरै उचाइमा पुग्ने देखिएको छ ।
गत सन् २०२१ को सेप्टेम्बर र स्न २०२२ को जनवरीमा पनि यस्तै अवस्था देखिएको समेत उनले जानकारी दिए ।
एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमित भएको यही वर्षको जनवरी १५ मा हो । उनका अनुसार, सो दिन ३९ हजार ४ जना नयाँ सङ्क्रमित भएका थिए ।
अहिले पछिल्लो हप्ता भने औसतमा दुई हजार ४५८ जना नयाँ सङ्क्रमित भएका थिए ।
ताजा अपडेट
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
प्रतिक्रिया