‘ए मेरो राजा’को भिडियो १९ गते सार्वजनिक हुने

काठमाडौं । दीपेन्द्र तिमल्सिनाले कोरियोग्राफी तथा निर्देशन गरेको नयाँ गीत ‘ए मेरो राजा’को भिडियो यही असार १९ गते सार्वजनिक हुने भएको छ ।
एचबिएन किस्मत र सपना घिमिरेको स्वरमा रहेको उक्त गीतको भिडियोको छायांकन सकिएको निर्देशक तिमल्सिनाले बताए ।
उक्त गीत सुनिल बिसीले लेखेका हुन् भने संगीत गायक किस्मतले नै भरेका छन् ।
गीतको भिडियोमा राजु मास्टर र गायिका सपनाको अभिनय देख्न सकिन्छ ।
भिडियोको एसिस्टेन्ट कोरियोग्राफर राजाराम सिम्खडा र एसिस्टेन्ट निर्देशक लक्ष्मी तिमल्सिना रहेका छन् ।
माता मण्डली फिल्मले तयार गरेको उक्त गीतको भिडियो मास्टर टिभी २०२२ नामक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया