NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भोलिबाट निजी हवाई सेवा कम्पनीले आन्तरिक उडान नगर्ने

काठमाडौं । बुधबारबाट आन्तरिक वायुसेवा कम्पनीले उडान नगर्ने घोषणा गरेका छन् । वायुसेवा सञ्चालक संघले आज पाँच बुँदे विज्ञप्ती जारी गदै भोलिबाट सबै आन्तरिक उडान बन्द गरिने घोषणा गरेको हो । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गतेको निर्णय नसच्याएसम्मका लागि उडान नगर्ने अडान लिएको छ ।

गत असार ५ मा प्राधिकरणले हवाई सेवा प्रदायक कम्पनीले जहाज विसानका लागि लिएको अनुमति अनुसार जहाज पार्किङ गर्नुपर्ने र पहिलो उडान त्यहीबाट हुनुपर्ने निर्णय गरेको थियो । यो नियम जहाजको हकमा १३ गतेदेखि र हेलिकोप्टरको हकमा ७ गतेदेखि लागू हुने जनाइएको थियो ।

यो सँगै प्राधिकरणले हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नियम पनि लागू गरेको थियो । यस्ता निर्णय गर्दा सम्बन्धित हवाई सेवा कम्पनीहरूसँग छलफल नभएको र भविष्यमा आउने समस्यालाई बेवास्ता गरिएको संघले जनाएको छ ।

यसरी गरिने एकपक्षिय निर्णयबाट वायुसेवा कम्पनीहरूबाट दिइने सेवामा समस्या आउने र निजी क्षेत्रको ठूलो लगानी डुब्ने भन्दै संघले आपत्ति जनाएको छ । यस्ता निर्णयले वायुसेवा कम्पनीले प्रदान गर्दै आएको सेवामा समस्या उत्पन्न भएको संघले जनाएको छ ।

यस्ता छन् संघका पाँच बुँदे माग

१) विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिड पार्किड, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नु पर्ने

२) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर संचालनका लागि दिर्घकालिन मेनियाड मर्मत संभारका लागि ह्याडर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने,

३) मिति २०७१/०३/०५ को नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तिमा उल्लेखित आधार (अपरेटिङ बेस) को प्रावधानहरु हवाई जहाज तथा हेलिकप्टर दुवै विमानसेवा कम्पनीहरुको हकमा खारेज गरी हालसम्म भई रहेकै व्यवस्था अनुसार त्रि.अ.वि. लगायतका विमानस्थलहरुवाट सम्पूर्ण विमानसेवा कम्पनीहरूले बिना अवरोध सेवा यथावत संचालन गर्न पाउनु पर्ने ।

४) नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एक निकायबाट भई रहेको कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचिमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भई रहेकोले नेपाललाई यूरोपियन यूनियनको हवाई सुरक्षाको सूचिबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशिघ्र पहल गरिनु पर्ने ।

५) त्रि.वि परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरूले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरी रहेका स्थान तथा सरचनाहरुलाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनु पर्ने

१) विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिड पार्किड, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नु पर्ने

२) विमानस्थलमा हेलिकप्टर संचालनका लागि दिर्घकालिन मेनियाड मर्मत संभारका लागि ह्याडर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने,

३) मिति २०७१/०३/५ को नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तिमा उल्लेखित आधारको प्रावधानहरु हवाई जहाज तथा हेलिकप्टर दुवै विमानसेवा कम्पनीहरुको हकमा खारेज गरी हालसम्म भई रहेकै व्यवस्था अनुसार त्रि.अ.वि. लगायतका विमानस्थलहरुवाट सम्पूर्ण विमानसेवा कम्पनीहरूले बिना अवरोध सेवा यथावत संचालन गर्न पाउनु पर्ने ।

४) नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एक निकायबाट भई रहेको कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचिमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भई रहेकोले नेपाललाई यूरोपियन यूनियनको हवाई सुरक्षाको सूचिबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशिघ्र पहल गरिनु पर्ने ।

५) त्रि.अ.वि परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरूले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरी रहेका स्थान तथा सरचनाहरुलाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनु पर्ने