रविले खोलेको पार्टी गैरकानुनी छ, अयोगले दर्ता गर्न मिल्दैन : सूर्य थापा
काठमाडौं । एमालेका नेता सूर्य थापाले रवि लामिछानेको नयाँ पार्टीलाई गैरकानुनी भएको टिप्पणी गरेका छन् । मंगलबार रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि थापाले रविको पार्टीप्रति आपत्ति जनाएका हुन् ।
‘कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन।’
रविले गठन गरेको पार्टीप्रति उनकै दाइ हरिशरणले समेत विरोध जनाएका थिए ।
ओली, देउवा र प्रचण्डविरुद्ध उम्मेदवारी दिने आँट गर्लान् रवि लामिछानेले ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया