अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु
काबुल । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् ।
सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको संख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ ।
यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । त्यहाँबाट आएको तस्बिरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ ।
एक स्थानीय अधिकारीका अनुसार २५० जनाभन्दा बढीको ज्यान गएको र त्यो संख्या अझै बढ्न सक्ने छ । उनका अनुसार प्रारम्भिक जानकारीमा १५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ ।
भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया