एलन मस्ककी पारलैंगिक छोरीले उनीसँग नाता तोड्ने
काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्ककी पारलैंगिक (ट्रान्सजेन्डर) छोरीले कानुनी रुपमा आफ्नो नाम र लिंग परिवर्तनका लागि निवेदन दिएकी छिन् । उनले आफ्नो नयाँ लिंगअनुसार आफूलाई चिनाउन चाहेको बताएकी छन् ।
मस्ककी १८ वर्षीया पारलैंगिकक छोरीले महिलाको रूपमा आफ्नो पहिचान कायम गर्न र नाम भिभिआन जेना विल्सन राख्न आग्रह गरेकी छन् । उनले आफ्ना बुवासँगै नबस्ने बताएकी छिन् ।
अहिलेसम्म उनको नाम जेभियर अलेक्जेन्डर मस्क रहेको छ । उनी छोरा थिए र अहिले १८ वर्ष पुगेका छन् । क्यालिफोर्नियामा १८ वर्ष पुगेपछि वयस्क मानिन्छ ।
नाम परिवर्तन र नयाँ जन्मदर्ताका लागि उनले सान्टा मोनिकास्थित लस एन्जलस अदालतमा निवेदन दिएको बताइएको छ ।
मस्क र उनकी पारलैंगिक छोरीबीच कुनै मतभेद नभएको बताएको छ । यसबारे अहिलेसम्म एलन मस्कले कुनै प्रतिक्रिया दिएका छैनन् ।
मस्क र भिभिआनकी आमा क्यानडियाली लेखक जस्टिन विल्सनबीच सन् २००० मा विवाह भएको थियो र उनीहरुले सन् २००८ मा सम्बन्धविच्छेद गरेका थिए ।
एलन मस्कका ६ जना छोरा र एउटी छोरी गरी ७ जना छोराछोरी रहेका छन् । र एक केटी रहेका छन् । मस्कको पहिलो पत्नी, क्यानाडाली लेखक जस्टिन विल्सनसँग ५ वटा छोराहरु छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया