एलन मस्ककी पारलैंगिक छोरीले उनीसँग नाता तोड्ने
काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्ककी पारलैंगिक (ट्रान्सजेन्डर) छोरीले कानुनी रुपमा आफ्नो नाम र लिंग परिवर्तनका लागि निवेदन दिएकी छिन् । उनले आफ्नो नयाँ लिंगअनुसार आफूलाई चिनाउन चाहेको बताएकी छन् ।
मस्ककी १८ वर्षीया पारलैंगिकक छोरीले महिलाको रूपमा आफ्नो पहिचान कायम गर्न र नाम भिभिआन जेना विल्सन राख्न आग्रह गरेकी छन् । उनले आफ्ना बुवासँगै नबस्ने बताएकी छिन् ।
अहिलेसम्म उनको नाम जेभियर अलेक्जेन्डर मस्क रहेको छ । उनी छोरा थिए र अहिले १८ वर्ष पुगेका छन् । क्यालिफोर्नियामा १८ वर्ष पुगेपछि वयस्क मानिन्छ ।
नाम परिवर्तन र नयाँ जन्मदर्ताका लागि उनले सान्टा मोनिकास्थित लस एन्जलस अदालतमा निवेदन दिएको बताइएको छ ।
मस्क र उनकी पारलैंगिक छोरीबीच कुनै मतभेद नभएको बताएको छ । यसबारे अहिलेसम्म एलन मस्कले कुनै प्रतिक्रिया दिएका छैनन् ।
मस्क र भिभिआनकी आमा क्यानडियाली लेखक जस्टिन विल्सनबीच सन् २००० मा विवाह भएको थियो र उनीहरुले सन् २००८ मा सम्बन्धविच्छेद गरेका थिए ।
एलन मस्कका ६ जना छोरा र एउटी छोरी गरी ७ जना छोराछोरी रहेका छन् । र एक केटी रहेका छन् । मस्कको पहिलो पत्नी, क्यानाडाली लेखक जस्टिन विल्सनसँग ५ वटा छोराहरु छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया