NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । निर्वाचनको तयारी र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बुधबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो ३ बजे बस्ने बैठकमा आगामी प्रदेश संघीय निर्वाचनको तयारी, मन्त्रिपरिषद पुनर्गठन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सत्ता सहयोगी दल एकीकृत समाजवादीले आफ्ना पुराना मन्त्रीलाई फिर्ता गरी नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेपनि कार्यान्वायन नभएको असन्तुष्टि जनाउँदै आएको छ । सत्ता घटक अर्को दल जसपाको आन्तरिक विवादका कारण मन्त्रीपरिषद पुनर्गठनमा समस्या आएको छ ।

जसपा कार्यकारी परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवको एकल निर्णय स्वीकार नगर्न दबाब दिएका छन् । मन्त्री हेरफेरको विषयलाई लिएर सत्ता सहयात्री दलभित्रै खटपट देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।

संघीय निर्वाचको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको छ । आगामी निर्वाचनमा गठबन्धन थप मजबुद बनाउनेसम्बन्धमा पनि आज छलफल हुने देउवाले जनाकारी दिए ।