NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एयरफाेन प्रयाेग गर्ने मानिसमा कान नसुन्ने समस्या बढ्दाे

काठमाडौं । फ्रान्समा भएकाे एक अनुसन्धानले हेडफोनको प्रयोगले २०५० सालसम्म २५० करोड मानिस कान सुन्न नसक्ने समस्या देखिन सक्ने जनाएकाे छ ।

राष्ट्रिय तथा चिकित्सा संस्थाको अनुसन्धानले फ्रान्सका चारमध्ये एक व्यक्तिलाई सुन्नका लागि मुस्किल भएको पत्ता लगाएको छ । एयरफाेनकै प्रयाेगका कारण २५ प्रतिशत मानिस बहिराेपनकाे सिकार भइरहेकाे उक्त अध्ययनले देखाएकाे छ ।

उक्त अनुसन्धानका लागि फ्रान्समा १८ देखि ७५ वर्ष उमेर भएका १ लाख ८६ हजार ४६० जना व्यक्तिलाई सामेल गराएको थियो ।

अनुसन्धानकर्ताले व्यक्तिमा कान नसुन्ने समस्या जिवनशैली,  एक्लोपन , डिप्रेसन तथा बढ्दो ध्वनीको सम्पर्कबाट भएको निष्कर्ष निकालेका छन् । अनुसन्धानका अनुसार केही व्यक्तिमा सुगर तथा चिन्ताले र कुनै व्यक्तिमा एक्लोपन तथा हेडफोनको प्रयोगले उक्त समस्या भइरहेको पत्ता लागेकाे हाे ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अहिले लगभग १५० करोड मानिसमा कान नसुन्ने समस्या रहेको छ । यो संख्या बढेर २०५० सम्म २५० करोड हुन सक्ने सम्भावना रहेकाे छ ।

फ्रान्समा ३७ प्रतिशत मानिसले श्रवण उपकरण प्रयोग गर्ने गर्छन् । धुम्रपान गर्ने र उच्च बिएमआइ भएका व्यक्तिहरूले श्रवण यन्त्र कम प्रयोग गरिरहेका छन् ।

बढ्दो समस्यालाई हेरेर गत वर्ष फ्रान्सेली स्वास्थ्य विभागले सर्वसाधारणलाई श्रवण यन्त्र निःशुल्क उपलब्ध गराएको थियो । श्रवण सहायताको लागि बीमाको पनि व्यवस्था गरिएको छ ।