इम्बोस्ड नम्बर कुनै हालतमा जडान गर्दिन, बरु जेल जान तयार छु : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा गरेका छन । तथा प्रतिनिधिसभाका सांसदसमेत रहेका रावलले आज राज्यका निर्देशक, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा बोल्दै यस्तो घोषणा गरेका हुन् ।
जबसम्म राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धी उठेका सबै प्रश्नको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान नगर्ने अडान उनले राखेका छन् ।
‘जबसम्म राज्यले इम्बोस्ड नम्बरबारे उठेका सबै विषयको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान गर्दिन,’ उनले भने ।
नेता रावलले इम्बोस्ड नम्बर नहाल्दा सरकारले जेल हारे आफू जति वर्ष पनि जान तयार रहेको बताएका छन् । ‘जति वर्ष जेल हाल्छ हालोस्, म इम्बोस्ड नम्बर जडान गर्दिन’ उनले भने ।
इम्बोस्ड नम्बर प्लेटमा गुणस्तरसमेत नभएको र घोटालाको गन्ध आएको बताउँदै उनले जडान नगर्ने घोषणा गरेका हुन् ।
रावलले यसअघि संसद्मा पनि यो विषयको उठान गरेका थिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया