जुम्लामा पाँच शैयाको अस्पताल निर्माण हुने
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शैयाको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शैयाको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।
उनले भने “अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर सबैको सहमतिमा पास भएको छ ।”
अस्पतालका लागि आवश्यक जग्गासमेत प्राप्त भइसकेको छ । गाउँमै निर्माण हुने अस्पतालले स्थानीयवासीलाई राहत मिल्ने छ । गाउँमा नै सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने र स्वास्थ्य सेवाको राम्रो पहुँच वृद्धि गर्ने उद्देश्यले सो अस्पताल निर्माण गर्न लागि परेको अध्यक्ष चौलागाईंले जानकारी दिए।
अस्पताल निर्माणका लागि सोही गाउँपालिका–६ निवासी विष्णु रोकायाले तीन हजार ८३८ वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका छन् । निःशुल्क रुपमा दिइएको जग्गा पालिकाका नाममा पाससमेत भएर आइसकेको छ ।
अस्पताल निर्माण भएपछि सबै वडाका स्थानीयवासीले सहजै रुपमा गाउँमा सुविधा स्वास्थ्य सेवा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । २० लाख लगानीमा डिपिआर तयार भएको छ ।
अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चिततासमेत गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया