गोठमा बिरामी परेका स्थानीयकाे सेनाले उद्वार गर्याे
रसुवा । जगंलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले आज उद्वार गरेको छ । स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जिल्ला अस्पताल पुर्याएको हो ।
चन्दनबारी र प्राप्चेबीच उच्च भागमा रहेको चौरी गोठबाट नेपाली सेनाले उद्वार गरेको थियो । नेपाली सेनाले जिल्ला अस्पताल पुर्याए पश्चात् चिकित्सकको सिफारिसमा अहिले बिरामीलाई ललितपुरको पाटन अस्पताल चन्दनबारीका होटल व्यवसायी सुनाम घ्याल्मो तामाङले बताए।
समुद्र सतहदेखि तीन हजार २५० मिटरको उचाइबाट बिरामीको उद्वार भएको थियो । कुनाकाप्चामा छरिएर रहेका स्थानीय नागरिक बिरामी पर्दा नेपाली सेनाले छिटोछरितो उद्वार गरी मानव बचाउने कार्यमा गरेको योगदान अविस्मरणीय रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया