गोठमा बिरामी परेका स्थानीयकाे सेनाले उद्वार गर्याे
रसुवा । जगंलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले आज उद्वार गरेको छ । स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जिल्ला अस्पताल पुर्याएको हो ।
चन्दनबारी र प्राप्चेबीच उच्च भागमा रहेको चौरी गोठबाट नेपाली सेनाले उद्वार गरेको थियो । नेपाली सेनाले जिल्ला अस्पताल पुर्याए पश्चात् चिकित्सकको सिफारिसमा अहिले बिरामीलाई ललितपुरको पाटन अस्पताल चन्दनबारीका होटल व्यवसायी सुनाम घ्याल्मो तामाङले बताए।
समुद्र सतहदेखि तीन हजार २५० मिटरको उचाइबाट बिरामीको उद्वार भएको थियो । कुनाकाप्चामा छरिएर रहेका स्थानीय नागरिक बिरामी पर्दा नेपाली सेनाले छिटोछरितो उद्वार गरी मानव बचाउने कार्यमा गरेको योगदान अविस्मरणीय रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया