नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्नीशोक
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ । पत्नी शोभा प्रधानको आज अपराह्नमा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित प्रधानको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रधान शिक्षण पेशामा आवद्ध थिइन् । सोही पेशामा रहँदा उनलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । एकपटक ठीक भएको क्यान्सर पुनः बल्झिएकोपछि उनको निधन भएको हो ।
विसं २०१७ मा रामेछापमा जन्मिएकी प्रधानको नेता बिजुक्छेसँग २०४० मा विवाह भएको थियो । उनीहरूका दुई छोरा छन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया