आणविक सम्झौता बारे छलफल गर्न रुसी विदेशमन्त्री इरानमा

रुस । रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेकी छन् ।
इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी विदेशमन्त्री बुधबाधर इरानको भ्रमणमा गएका थिए ।
उनी इरानमा दुई दिनसम्म रहने समाचारमा जनाइएको छ । त्यस क्रममा उनले इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
उनीहरुको भेटका क्रममा क्षेत्रीय सुरक्षाका साथै अफगानिस्तान सिरिया र युक्रेनका विषयमा कुराकानी हुने जनाइएको छ ।
साथै उनको यस भ्रमणका क्रममा इरान र रुसबीचको व्यापारिक साझेदारी र द्धिपक्षीय लगानी आदिका विषयमा पनि सम्झौता हुने बताइएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया