सुशान्त सिंह राजपूत प्रकरण : रिया र उनका भाइलाई पनि मुद्दा दायर
काठमाडौं । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको केस एकपटक फेरि चर्चामा आएको छ । भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) ले अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ शौविक चक्रवर्तीसँगै अन्य केहीलाई पनि आरोपी ठहर गरेको छ ।
एनसिबीले हालै सबै आरोपीविरुद्ध विशेष अदालतमा ड्राफ्ट र्चाज फाइल गरेको छ । उनीहरूमाथि सुशान्त लागि ड्रग्स खरिद गरिदिएको आरोप लगाइएको छ ।
उक्त आरोपपत्रमा रिया र उनका भाइ शौविकले ड्रग्स सेवन गर्ने गरेको र उनीहरूले नै सशान्तलाई ड्रग्स किन्दिने गरेको जनाइएको छ ।
अभिनेता राजपूत सन् २०२० ज्न १४ मा आफ्नै फ्लाटमा मृत अवस्थामा फेला परेका थिए । त्यसपछि नै यो केसमा एनसिबीले छानबिन सुरु गरेको थियो र रिया चक्रवर्तीलाई पक्राउ गरेको थियो ।
लगभग एक महिनासम्म जेलमा बसेपछि रियालाई बम्बे उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । भारतको सुप्रिम कोर्टको आदेश पछि यो केसलाई केन्द्रीय अनुसन्धान ब्यूरोले हेरिरहेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया