एसपीपीबारे पूर्वप्रधानसेनापति कटवालको आक्रोशपूर्ण अभिव्यक्ति

काठमाडौं । पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले अमेरिकी स्टेट पार्टननरसीप प्रोग्राम (एसएसपी)मा नेपालले खुट्टा कमाए नेपालको अस्तित्व नै खतरामा पर्ने बताएका छन् ।
सामाजिक संजालमा लेख्दै कटवालले नेपालको अस्तित्व खतरामा पर्न नदिन नेपाली हौ भनेर गौरव गर्नेहरूले एकढिक्का भएर विरोध गर्नुपर्ने पनि बताएका छन् ।
‘एसपीपीमा फेरि खुट्टा कमाए नेपालको अस्तित्व खतरामा पर्दछ। नेपाली हौ भनेर गौरव गर्नेहरू एकढिक्का भएर विरोध गर्न तैयार रहनुपर्दछ। नेपाल आमाको जय ।’ कटवालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा नेपाल सहभागी हुने भन्दै सरकारको अनुमति लिएर अमेरिकालाई पत्र लेखेका थिए । केपी ओली प्रधानमन्त्री भएका बेला २०१५ मा लेखिएको यो पत्रबारे विवाद उत्पन्न भएको छ ।
सरकारले एसपीपीमा सम्झौता नहुने प्रष्ट पारिसकेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया