गाउँपालिका अध्यक्षका छोराले फुटाए आफ्नै बाबु चढ्ने सरकारी गाडी
काठमाडौं । व्यक्तिगत झगडाको असर सरकारी सम्पत्तिमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् ।
ज्योतिका बाबु जयप्रकाश कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष हुन् । बाबु जयप्रकाशले गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा एमालेलाई पनि भाग दिएको भन्दै छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्नेसरकारी गाडी तोडफोड गरेका हुन् ।
प्रदेश १ को १ झ ५७८ नम्बरको गाडी उनले मंगलबार तोडफोड गरेका थिए । तोडफोडबाट गाडीको सिसा पूरै फुटेको छ ।
यद्यपि, उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर गाडी मर्मत गर्ने शर्तमा माफी दिइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया