पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी
काठमाडौं । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन्।
करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताए।
विहीबार उनले विद्युतको खपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्यलाई सहज बनाउन किन्ने योजनामा सरकार रहेको पनि बताए । मन्त्री बडूले भने, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गरे, आजको कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया