सगरमाथा आरोहणपछि यस्तो भयो अभिनेत्री दीयाको अवस्था
काठमाडौं । अभिनेत्री दीया पुनले गत जेठ १३ गते सगरमाथा हिमालको सफलतापूर्वक आरोहण गरिन् । निर्मल पूर्जाको टोलीसँग सगरमाथाको चुचुरोमा पहिलोपटक उनले पाइला टेकेकी हुन् ।
तीनवटा सामाजिक संस्थाको च्यारिटीका लागि सगरमाथा चढेकी दीयाले चुचुरोमा राष्ट्रिय झन्डा फहराएकी थिइन् ।
सगरमाथा आरोहणबाट फर्किएपछि दीयाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गरेकी छिन् । उनले तस्बिरसँगै सगरमाथा चढ्दा निद्राको कमी, निर्जलीकरण, हावा र घामका कारण आँखा रातो भएको उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘छाला राता र सुख्खा भएका छन् । क्याम्प-२ भन्दा माथि लागेपछि मैले आँखा र छालालाई जोगाउन भरपुर प्रयास गरें । म घामले नराम्रोसँग डढेकी छु, अरु फोटो पनि अपलोड गर्नेछु । मैले अन्तिमपटक नुहाएको पनि बिर्सिएँ । तर यी सबै कठिनाइका बाबजुद पनि तपाईं मेरो आँखामा हेर्नुहुन्छ, म हिमाल चढ्नुको आनन्द महसुस गर्नुहुन्छ ।’
बेलायतमा नर्सको रुपमा कार्यरत अभिनेत्री पुन गत चैतमा सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया